बि. एस. क्षेत्री

बि. एस. क्षेत्री

Saturday 14 November 2015

सोध


महलको झ्यालमा बसेर
रमाइलो छ जिन्दगि
भन्नेहरुसंग होइन
गरिबी र अभावहरुसंग झुधिरहेका
पिडितहरुलाई सोध
संघर्स के हो भनेर

हिंसा र काटमार मचाएर
रगतको होलि खेल्ने रक्तपिपाशुहरु संग होइन
छोरा र पतिको बिभत्स हत्या हेर्न
बिबश आमाहरुसंग सोध पिडा के हो भनेर

आफ्नो असफलताहरु भन्दा
अरुको सफलतामा चिन्ता गर्ने
परम् सत्रुहरुसंग होइन दुख सुखमा
साथ दिने आत्मीयहरुसंग सोध
मित्रता के हो भनेर

यौवन संग मौलाएका चाहनाहरू
झथाभावी पोख्ने उश्रीनखल
पतितहरुसंग होइन
कसैको पर्खाइमा दिन गनेर
बसेकी सतिसावित्रीसंग सोध
विश्वास के हो भनेर

धन संग प्रेम साटी
भावनालाई लत्याई हिड्ने
धोकेबाजहरु संग होइन
निस्टुरीको यादमा पल पल जल्ने
घाएल जिन्दगीहरुसंग चोट के हो भनेर

छुन साथ पोल्ने सिस्नु ,
अनि घोच्ने तिखा ऐजेरुसंग होइन
चारैतिर सुभास छर्ने
गुलाफ र पारिजातहरुसंग सोध
जीवन जिउने कला के हो भनेर

No comments:

Post a Comment