बि. एस. क्षेत्री

बि. एस. क्षेत्री

Saturday 14 November 2015

सोध


महलको झ्यालमा बसेर
रमाइलो छ जिन्दगि
भन्नेहरुसंग होइन
गरिबी र अभावहरुसंग झुधिरहेका
पिडितहरुलाई सोध
संघर्स के हो भनेर

हिंसा र काटमार मचाएर
रगतको होलि खेल्ने रक्तपिपाशुहरु संग होइन
छोरा र पतिको बिभत्स हत्या हेर्न
बिबश आमाहरुसंग सोध पिडा के हो भनेर

आफ्नो असफलताहरु भन्दा
अरुको सफलतामा चिन्ता गर्ने
परम् सत्रुहरुसंग होइन दुख सुखमा
साथ दिने आत्मीयहरुसंग सोध
मित्रता के हो भनेर

यौवन संग मौलाएका चाहनाहरू
झथाभावी पोख्ने उश्रीनखल
पतितहरुसंग होइन
कसैको पर्खाइमा दिन गनेर
बसेकी सतिसावित्रीसंग सोध
विश्वास के हो भनेर

धन संग प्रेम साटी
भावनालाई लत्याई हिड्ने
धोकेबाजहरु संग होइन
निस्टुरीको यादमा पल पल जल्ने
घाएल जिन्दगीहरुसंग चोट के हो भनेर

छुन साथ पोल्ने सिस्नु ,
अनि घोच्ने तिखा ऐजेरुसंग होइन
चारैतिर सुभास छर्ने
गुलाफ र पारिजातहरुसंग सोध
जीवन जिउने कला के हो भनेर

उराठ लाग्दो समय

उराठ लाग्दो समय एक्लो उदाशी जीवन
फुल नफुल्दै कोपिलामै ओइलाई झर्यो यौबन
मेरो संसार मात्र तिमि ,तिमि नै मेरो सहारा
हामी बीच नदि एउटै तर हामि दुई किनारा


अनायासै तिमि आयौ,नौलो आशा पलायो
उजाड यो जिन्दगीमा मधुमास छाइदियो
हिमनदी झैँ चोखो माया दिएको थिए तिमीलाई
सारा खुसि लुटाईदीए रित्त्याएर आफैलाई


कति सपना सजाएथे कस्तो कल्पना गरेथे
जिन्दगीको सहयात्री तिमीलाई नै रोजेथे
कतै तिमीलाई चोट लाग्दा पिडा मलाई हुन्थियो
आखा तिम्रो रसाउदा मन मेरो रुन्थियो


तिम्रै निम्ति बगे कति आँसुक ति भेलहरु
तिम्रै यादमा बिते कति अनिदा ति रातहरु
तिमि आउने आश बोकी दोबाटोमा कति कुरे
निरासाले छाती पोल्दा आफै भित्र कति जले


कठोर तिम्रो हृदेमा मेरो नाम कहाँ थियो
मेरो माया तिम्रो लागि मात्र एउटा खेल थियो
खै कसरि बिर्सु भन मर्म भेदी ति चोटहरु
भो अब नबढाउ अपराधी ति हातहरु


कुनै दिन अंगालोमा छाद हालि रुन्थियौ
सात जन्म साथ दिने कसम पनि खान्थेउ
मनको राजा हजुर भन्थेउ तर आज पराए भए
भिडहरुको माझ पनि आज किन एक्लो भए


गोधुलीको झिसमिसेमा संगै हामी डुल्थेउ
एक अर्काको साथ पाउदा दुनिया सारा भुल्थेउ
आज किन दिल खोलेर रुन मन लाग्यो
त्यो मिठो अतितमा भुल्न मन लाग्यो


तिम्रो मेरो अमर प्रेम खै आज कता गयो
मनको एक कुनामा अबशेष मात्र बाकी रह्यो
तिम्रो तस्बिर मेरो लागि कहिले नभुल्ने नासो भयो
आज किन निश्चल प्रेम आफ्नै निम्ति पसो भो


आखिर रहेछ यो जीवन मात्र एउटा संयोग
पल भरको मिलन अनि फेरी वियोग
तिमि कहाँ म कहाँ जोडिन्छ नया नाता यहाँ
समय बीच मौलाएर एकदिन छुट्छ साथ यहाँ

गुमनाम युवाको एउटा कथा

आज फेरि अर्को नया दिन । चोक ,गल्ली उस्तै छ, हिड्ने बाटो उस्तै छ , मान्छेको भिड उस्तै छ , ट्राफिक जाम उस्तै छ , गगन चुम्बी भवनहरु छिचोल्दै , कन्कृट्का भिमकाय थुप्रोहरुसग लुकामारि खेल्दै म एउटा गुमनाम मान्छे लुसुक्क एउटा गल्ली भित्र अलप हुन्छु र चार दिवार भित्र यन्त्रवत उहीँ काम उहीँ ढंगले लगातार यसरी नै गरिरहन्छु जसरी मैले बर्सौ देखि गरिआएको छु। यदि बाच्नुको अर्थ खानु ,सुत्नु र सास फेर्नु मात्र हो भने म सहि सलामत जिउदै छु आजसम्म भन्दा हुन्छ । जब यस्तोलाइ जीवन भनिन्छ भने मृत्युु चाहिँ के लाई भन्ने होला ? जिन्दगिको ताप र चापले ४० नकटदै चाउरिएको गाला , तिलचामल कपाल , चमक बिनाको उदासी अनुहार । मणि हराएको सर्प जस्तै बेहाल भएको छु आजकाल । जित्ने आशा मरेपछी युद्ध भुमिबाट ज्यान जोगाएर भागेको सिपाहि जस्तै म पनि भाग्दै छु लगातार आफ्नो जिम्मेवारीबाट ,धुर्त समाजबाट अनि आफ्नै जीवनबाट । तर भागेर पनि जानु काहा ? आकास उहीँ छ, धर्ती उहीँ छ । केवल परिस्थिति बद्लिएको छ । न म सग बिगतलाइ फर्केर हेर्ने सुनौलो ईतिहास थियो न आशा लाग्दो भबिस्ये नै । घर र काम को सिमित परिधी भित्र मेरो अस्तित्व कस्तरी निस्पट्ट हराएको थियो यो बिरानो भुमिमा । पुल्चोक इन्जिनियरिङबाट अर्किटेक्टमा बि . इ. सकेपछि घरबाट पैसो र रासन पानी आउन छोड्यो ।बा नेपाल विद्युत प्राधिकरणको सुब्बा हुन्जेल गाँस काटेर ,रगतपसिना गरेर, बुढेसकालको हड्डी घोटेर भएपनि मलाइ इन्जिनियर बनाउन चाहन्थे ।बाको जागीरबाट अबकास भएपछि घर धान्न समेत धौ धौ को स्थिती थियो । मेरो पढाइमा लाहुरे भैंसी र गैरिखेत पहिले नै हिडिसकेको थियो । अब मलाई आफ्नो पढाई खर्च मात्र होइन घर खर्च समेत धन्नु पर्ने जिम्मेवारी काधमा आयो । बहिनीले पनि भर्खर स्कुल सकेकी थिइ अब उस्लाई कसरी कलेज पढाइदिने हो सधै चिन्ता लगिरहन्थ्यो । बुढयौलिले गर्दा बा आखा देख्न छोडिसकेका थिए। आमाको कहिले निको नहुने पुरानो धम्की । कहिले काहीँ तनाबले गर्दा टाउको फुट्ला झै हुन्थियो । मनमनै सोचे अब यसरी बसेर भएन ।हुनत आफैँ कमाउने उमेर पनि भएको थियो ।अरुले पनि कमाउदै पढेका छन । त्यसपछी सुरु भयो मेरो जागीर खोज्ने मिसन । हातमा बायोडाटा र सर्टिफिकेट बोकेर काठमाडौंको कुन चोक र गल्ली घुमिन होला मैले ।आफ्नो योग्यता भएर पनि कतिजानाको अगाडी पसारो परेर हजुर ज्यु गरिन होला मैले ।सारा दुनिया सुमेरु लौउदा लौउदा तालुको कपाल र जुत्ताको तलुवा खुइलिसकेका थिए ।तर खोज्दा देउता भेटिएला मैले जागिर भेटिन । भनसुन गर्न र ठुलाको सोसफोर्स लाउन ठुलो अहोदामा मेरो कोहि काका मामा थिएनन ।त्यसपछी आजित भएर बिरक्तिए। कमाइ केही छैन खालि खर्च मात्र ।महङिले सगरमाथा छोएको थियो। भोकै बस्न नसकिन ।खोजेर काम नपाइने बढो संकटपुर्ण स्थिती थियो। फ्रुस्ट्रेट डिप्रेस्ड जे भए पनि आखिर कमाउनु त थियो मैले ।बाको लगानी र मेरो मिहिनेतले आर्जेको ज्ञानले केही लछारपाटो नलाग्ने नै भो । त्यतिकैमा मेरो साथिले टिउसन पढाउने सल्लाह दियो । त्यसै अनुसार स्कुल र कलेजका बिध्यर्थीहरुलाइ पढाएर दुई चार पैसा जोहो गरे र सुख दुख गर्जो टार्दै गए ।योग्यता अनुसारको काम नपाएपछि अध्ययन प्रती एकदम बितृष्णा पैदा भयो । त्यसपछी थप औपचारिक पढाइको बिट मारियो । आफुले सोचे जस्तो जीवन सरल रेखामा बग्दो रहेनछ। धेरै उतार चढाब पार गरेपछी अनुभवको आगोले सुन झै खारिएर दुनियादारी बुझ्ने भए । जिबनको अन्तिम र एक मात्र ध्रुबसत्य " द्रब्य प्राप्ति" नै रहेको दिब्य ज्ञान प्राप्त भयो ।दुनियाँ धेरै अघि बढिसकेको थियो म कछुवा तालमा जसो तसो घसरिदै थिए । एक दिन गाउबाट फोन आयो ।आमा सिकिस्त बिरामी भएको खबर पाए । हतार गर्दै घर तिर लागे । बाटो भरी भावनाका ज्वारभाटा उर्लिये । आफू असल छोरो हुन नसकेकोमा खेद लाग्यो । आमालाइ राम्रो अस्पतालमा देखाउने पैसा थिएन । मुटु फेर्ने जमनामा आमाको सामान्य रोग समेत उपचार गर्न सकिन। दैबले फेरि झटारो हान्यो ।आमाको मुख हेर्न नपाई आमाले सधैको लागि सन्सार छोड्नु भो । मन त्यसै उम्लिएर आँखा भरियो । म टुहुरो भए । १३ दिनेको काम सकेर काठमाडौं आए । गरिब हुनु र अभाव खेप्नुको पिडा मन भित्र दबिएको थियो । दिनहरु बित्दै गए ।लोक सेवा आयोग खुल्यो शाखा अधिकृतको लागि भिडे । हुनु के थियो र ?लिखितमा नाम निकाले अन्तरबार्तामा फाल्दियो । मैले कुरो बुझे नेपालको जागीर हाम्रो लागि होइन रहेछ । बिश्वबिद्धालयले दिएको कागजको खास्टो संगै सोर्स फोर्से र घुसपैठको प्रमाणपत्र पनि पेश गर्नु पर्ने रहेछ जुन म सग थिएन । त्यसपछी नेपाल आर्मीको अधिकृत क्याडेट्मा भर्ना खुल्यो । बच्चा देखि आर्मी हुने सोख पालेर बसेको थिए। बाले टीका लगाउदा जर्नल हुनु भन्ने आशिर्वाद दिन्थे ।तेसैले फेरि एकचोटी सेकेन्ड लप्टन हुने असफल प्रयास गरे । मार्शल आर्ट खेलेको ज्यान पनि गतिलो नै थियो ।केही गरौ भन्ने फुर्ती अझै मरेको थिएन । बिना अबरोध फिजिकल र स्वास्थ्य पास भैयो तर फेरि इन्टर्भिउमा नाम निस्केन । १०/१२ पेटिको बिटा फालेको भए कथाले नया मोड लिने थियो होला । तर तेत्रो पैसो कहा हुनु दुखी गरिब संग। मेरो जेनेरल मेजर हुने सपना त्यसै तुहियो ।देसको सेवा गर्ने अवसर भाग्यमा नरहेको थाहा पाए ।अब म अन्तिम बिकल्पको खोजीमा थिए। यसो हेरे मेनपावर र कन्सल्टेन्सीको ढोका अगाडि म जस्तै पीडित युबाहरु बिदेश जानको लागि लाइन लागेको देखे ।मैले पनि कोरिया जानको लागि राहदानी बनाए आबेदन दिए इ.पि.एस. परिक्षा पास गरे र लाइनमा बसे । दिनहरु चाडैं बिते । सुनौलो सपना बोकेर सुखद भबिस्यको लागि कुम्लो कटेरो बोकेर म पनि लागे बिरानो मुलुक । "नजा बाबू " भनेर बा सम्झाउदै थिए। आमालाइ त सुख दिन सकिन बुवाको बुढेसकालको सहारा पनि बन्न सकिन ।आफ्नो भाग्य देखेर आफै देखि दया लाग्यो । एअरपोर्टमा बहिनी रुदै थि ।गला अबरुद्द भए मैले सम्झाउन सकिन । हुन्डाइ कार कम्पनीको एसम्ब्लि लाइनमा कारको कलपुर्जा फिट गर्दा गर्दा म स्वचलित मानव यन्त्रमा परिणत भैसकेको पत्तो पाइन । दैनिक १२ घन्टाको डुइट्यी, त्यस्मा मुस्किल्ले आधा घन्टाको ब्रेक । नाम मात्रको तलब सुबिधा ।आखिर कति लुटाउनु यो ज्यान कम्पनी धनी बनाउन । लगातारको कामले थाकेको शरीर त्यसमाथी हल्का काम बिगारे बिदेशिको सहिनसक्नुको गाली । कहिले काहीँ सोच्थे पैसाले मान्छेलाइ कति सम्म लाचार बनाइदिदो रहेछ । तैपनी रगत पसिना एक गरेर दुखले कमाएको अलिकती पैसा घरमा पठाउन पाउँदा बडा आनन्द लाग्थियो ।केही दिनको लागि भएपनी तनाब कम हुन्थियो । कहिले काहीँ छुट्टी हुदा नेपाली दाजु भाइ संग बियेरको पेग संगै सुख दुख साटिन्थियो । सबका आफ्नै आफ्नै कथा ब्यथा र पीडाका पोकाहरु हुन्थे । फुकाउदै जादा कहिले काहि छताछुल्ल भएर आखाभरी पोखिन्थियो। कुनै न कुनै कारणबाट सबै पिडित सबै दुखी । कोहि कम्पनीले बढि शोषण गरेको, कम तलब दिएको गुनासो सुनाउथे, कोहि राम्रो काम नपाएको, कोहि घर ब्यवाहार लथालिङ्ग भएको त कोहि श्रीमति पोइला गएको दुखेसो पोख्थे । कति त जिन्दगिको चाप थाम्न नस्केर आत्महत्या समेत गर्थे । अरुले पनि आफु जस्तै पिर मर्का बेहोरेको छन भनी सुन्दा म एक्लै रहेनछु भन्ने मनमा तसल्ली प्राप्त हुन्थियो । कयौं भित्ताका क्यालेन्डरहरु फेरिए । कयौं वसन्त,शिशिर ऋतुहरु आए गए । हप्ता, महिना, साल र बर्षहरु बिते । आफ्नो सपना , लक्ष्य , भबिस्य अनि खुसिलाइ एकातिर राखेर जिबिकोपार्जनको मुसा दौडमा म अनवरत लागिपरेको थिए। मान्छे संघर्स गर्दा गर्दै पूरा जिन्दगी यसरि चिप्लिन्छ मानौ उस्ले कहिले सोच्ने फुर्सद नै थिएन । फरक यति थियो म आम मान्छेहरु जस्तै बाच्नको लागि संघर्स गर्थे समाजमा ठुलो मान्छेहरु प्रगतिको लागि संघर्स गर्थे । सन्तोषको सिमा कोर्न सकिदो रहेछ तर लोभको कुनै सिमा हुन्न रहेछ । म छुट्टि नगइ बसेको पनि ७ बर्ष बितेछ ।रहर त कहा थियो र तै पनि घरको दरिद्रता सम्झे देशको गरिबी सम्झे। अचानक एक दिन फेरि बा ले भने नर्सिङ पढ्दै गरेकि बहिनी घर छोडेर केटो संग हिडि भने । एक क्षणको लागि जमिन भासिय झै भयो ।बहिनिले अलि अलि भाको इज्जत पनि माटोमा मिलएको भान भो ।रिसले कान तातो र रातो भो । बुढो बा घरमा एक्लै परे । घरमा हेरचाह गर्ने कोहि भएन ।बरु बिवाह गरेर आएको भएपनी हुन्थियो जस्तै भयो । उमेर पुगेकी बहिनिलाइ समयमा बिहे दान गरिदिनु मेरो कर्तब्य थियो । तर बहिनिले हतारो गरि कि मैले ढिलो गरे थाहा नै पाइन । अब बालाइ तातो पानी दिने मान्छे पनि कोहि भएन ।तेसैले चाडैं घर जाने योजना बनाए । लामो बसाइले गर्दा होला रहरहरु मुर्झाएका थिए मन मरुभूमि झै सुख्खा थिए अनि रित्तोपन यथावत थिए। नेपाल फर्कने दिन सम्झेर मन फेरि चङा भयो । एक्कासी खडेरी बिच बसन्तको मधुमास आए झै भयो । सारा दुख कष्ट बिर्सिए । युद्द जितेर जीउँदै घर फर्के झै अनुभव हुन थाल्यो । बर्षौ पछि फर्कदा पनि देशको हालत उस्तै हरिबिजोक थियो । लगभग मेरो जस्तै समानान्तर। बेरोजगार,भोकमरि ,भ्रस्टाचार ,कुशासन अनि भुकम्पको भग्नावशेस ।देसको स्थिती अत्यन्त गएगुजृएको थियो । घर उजाड, गोठ रित्तै ,खेतबारी बाझै, बृद्धबुवा पुरानो घर कुरेर एक्लै मेरो बाटो हेरेर बसेका थिए । "बा ढोग गरे" मैले भने ।ए बिजय आइस बाबू ल भाग्येमानी भएस भनेर बा ले भने । केही दिन पछी बहिनी ज्वाइँ पनि आए ।दुबै खुसी थिए । मेरो रिस मरिसकेको थियो । बहिनिको रोजाई मलाइ पनि राम्रो लाग्यो ।आखिर उस्को खुसी नै मेरो खुशि थियो । यो देखेर मेरो मनमा शान्ति भयो । "दादा मलाई के ल्याउनु भो बिदेश बाट" उस्ले सोधी । मैले एक जोर सुनको झुम्का ल्याको थिए दिए ।उ कति खुसी भइ बच्चा जस्तै ।मलाइ एकाएक आमाको झझल्को आयो ।सोचे यो क्षण आमा पनि भइदिए झन कति खुसी हुदो हो झै लाग्यो ।हास्दा हास्दै कतिखेर आँखा भिजे थाहा नै भएन । बा ले भने त संग एउटा कुरा छ । "के हो र बुवा" मैले भने "अब बिहा गर बाबु मेरो केही भर छैन मेरो सास हुन्जेल तैलै बुहारी भित्राएको हेर्न मन छ "।बहिनि ज्वाइले पनि हो म हो मिलाए ।मैले नाइ भन्न सकिन । जम्मा तिन महिनाको छुट्टिमा आको म ।यसो आफन्त इस्टमित्र भेटघाट गर्द गर्दै एक महिना जति बित्यो । फेरि केटी हेर्ने कुरा चल्यो । आफू त आमा मामा केही नभएको मान्छे । फूपू तिर बाट बिहेको प्रस्ताब आयो । यो ममिलामा म अलि काचो थिए । केटी हेर्न गइयो ।कन्या सुन्दर, सुशील र चरित्रवान लाग्यो । लगन गाठो पनि कसियो । आफुले मन परेको मान्छे लाई झ्याइ झ्याइ पन्चे बाजा बजाएर भित्र्याइयो । उस्को प्राप्तिले जीवन फेरि रङिन हुन थाल्यो । प्रत्येक काला बादल सङै चादिका धर्साहरु हुन्छन भने झै बिस्तारै सुखका दिनहरु पनि आउदै थिए । तर बिहे भएको पन्द्र दिन हुन नपाउदै बा फेरि बिरामी भएर थला पर्नुभो । रोग पुरानै थियो गोला ग्यासटृईक अहिले बिगृएर अल्सर भएछ ।सास छन्जेल आश भन्थे ।बाको उपचारको लागि हरेक अस्पताल धाए । तर पापि कालको अगाडी मेरो केही सीप चलेन ।आखिर दुई हप्ता पछि बाले पनि सन्सार छोडेर गए । फेरि एकपटक म टुहुरो भए । रुदा रुदा आसु सुकेका थिए ।आँखा ओभानो थियो । बालाई भनेजस्तो बाचुन्जेल सुख सुबिधा दिन नसकेकोमा आफुलाइ फेरि मनमनै धिक्कारे । म नाम मात्रको छोरा भए दागबत्ती र पिन्ड दिन काम लाग्ने। बाको काजकृया सकियो । मेरो नेपाल बस्ने दिन पनि लगभग सकिन थाल्दैथियो ।एकपछी अर्को पीडा, दुख र शोकले गर्दा म अर्धमृत झै भएको थिए । मन मस्तिष्क ठाँउ ठेगानमा नै थिएन । बिदेश नजाउ बेरोजगार हुने पिर अलि अलि भको सम्पत्ति एक टुक्रा जमिन र एउटा छानो हाल्दै सकियो ।बाकी धन बिहा र बाको उपचारमा सकियो । बिदेश जाउ बिहा गरेको २ महिना पनि भको छैन । एक्लि नब बिबाहितलाई कस्को भरमा छोडेर जानू । पिर र तापले रातको निद्रा र दिनको भोक पनि हरायो । बिक्षिप्त भएर जोड जोडले भित्ता चर्कने गरि चिच्याउन र भक्कानियेर रुन मन लाग्थ्यो । पुरानो घाउ एकाएक बल्झियेर आयो । बेरोजगारी हुदा दु:खका दिनहरु सम्झिए। ब्यापार ब्यवसाय गरौ लगानी छैन ।देशको स्थिती नाजुक छ ।सधैको बन्द ,हद्ताल ,आन्दोलनले देस डामाडोल छ । शान्ती सुरक्षा र शुसासन छैन । सम्झे नेपाल बसेर फेरि कुन तिर मार्नु छ र ? सोच्दा सोच्दै जाने दिन आयो । आखिर यो दुनियामा बाच्नु भन्दा ठूलो कुरा केही हुन्न रहेनछ भन्ने निचोडमा पुगे । तर श्रीमतीको हालत देखेर बिछट्ट माया लगेर आयो । उ मलाइ धेरै सम्झाउथी । साग सिस्नु खाउला दुख गरौला तर बिदेश नजानु भन्थी । यत्रो मान्छे अटाएको छन ।तपाईं पनि यतै काम गर्नु भन्थी। घर छोड्ने रात हामी दुबै मौन भयौ ।शब्दको खडेरी पर्यो । घर भरी मुर्दा शान्ती थियो । सन्नटाले छाँया झै पच्छ्याएको थियो । मैले यो चट्टानि निणय रहरले गरेको थिइन । पत्थरको मन त मेरो कहाँ थियो र ? जानी बेला बहिनी पनि आइपुगी । मैले एअरपोर्टमा कोहि जानु पर्दैन भनेको थिए । आखिर जाने घडी पनि आयो । सन्सार टक्क अडिए झै भो । शब्दले ब्यक्त गर्न नसक्ने पीडा मनभरी गुम्सियो । एक पलको लागि यो सब छोडेर घरमा नै बसौ झै लाग्यो । तर मन दरो बनाए अनुहार सकेसम्म सामान्य बनाउने कोसिस गरे । "ल तिमिहरु राम्रो संग बस्नु । नानी, भाउजु तेरो जिम्मा भो ख्याल राखेस म लागे " यती भन्दाभन्दै बोली गलामा अबरुद्द भयो । रोक्दा रोक्दै आखामा समुन्द्र छल्कियो ।उनिहरु एकोहोरो टोलाएर मलाइ धेरै बेर सम्म रुदै हेरिरहे । सोचे नसिब नै खोटो भएपछी कस्को के लाग्दो रहेछ ?जिन्दगिमा पहिलो चोटि नेपालि हुनुको पिडाले मन भित्र देखि घोच्यो। मुटु भारी भएर आयो ।अनि झोला च्यापे पाइला सार्न गारो भयो अन्तिम पटक घरतिर फर्केर यसो हेरे अनि सरासर बाटो लागे । बिस्तारै घर पनि ओझेल पर्दै गयो । कता कता क्षितिजमा बाआमाले बोलाए झै लाग्यो : बाबू भो अब बिदेश नजा ....

If I Were To Die Tommorow






If I Were To Die Tommorow

If I were to die tommorow my soul will never be content with my life because I've yet to experience and see the beauty that this world has to offer. I am afraid to see my loved ones die but I am not afraid to die, just afraid of the pain I would cause someone if I am gone. I am afraid of a life without God, even though I'm not perfect and seem to be iconoclastic . I tell my near and dear ones as much as I can that I love them because you'll never know the day you take them for granted that you'll lose them. I am one of those people many count on but I have no one to count on because I have never met a person of my kind who is more committed ,who dies for knowledge others than myself. I am so use to being the one who listens than being the one to be listened to. I can be crazy at times because I have a tremendous temper and I won't back down from a fight especially from all the idiots who can be seen all on the road. When I was a kid I have a big curiosity –that where I came from ,how would be the world without me and so on and so forth but as I grow up I just take it as granted .I was so immersed in the worldliness that it seems a thing of petty importance afterall what is important is how people live their life and I bet no one care about this stuff.Having a low self esteem my whole life because I was raised up as a tomboy and was into the whole baggy pants and t-shirt scene but fortunately I met some friends along the way who made me see the beauty of nature ,who completely change the outlook of my life . Throughout my life I am always hunger for love , attention and knowledge .I know no one can master knowledge but I am never content with my understanding . I love freedom –complete freedom –from everyone ….from society ,from authority n everything else. I wanted to breath fresh air ,a quiet life n a lonely life where no one interfere . One day I hope to set up my own world far from this maddening crowd …somewhere in the lap of nature where I find complete pleasure an eternal peace . I was so fed up with this modern life .I cannot stand messy life – rushing n routined life, careless life ,junk food ,barbaric trend ,tattoos n many more that many people are crazy about .I love art and paintings and above all MUSIC . I went through a phase where I had long hair to all sorts of color ,light hair wasn't for me, I am so much more comfortable with dark hair and dark eyes. My favorite colors are red, purple and black. My one wish in life is to save our planet before it's too late to save what's left of it that is, it's a serious issue that we all refuse to see although we hear it on t.v. and see it in the papers, one day we aren't going to hear the words "try and save" we are going to hear the words "I wish we could go and take it back", I don't believe the end of the world happens on it's own, I think overtime we are bringing the end of the world a day closer at a time. I believe in what the think-tank and great Brain had to say –Buddha ,Rajneesh ,Einstein ,Stephen Hawking ,Madame curie and all I know is the ultimate essence is unknowable but human mind always strive for more ,for change ,for perfection . Enough about me …..I love to share my ideas with likemindedness ,with someone who possess knowledge with sincerity .